पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ : मन्त्री श्रेष्ठ

काठमाडाैं | असार १३, २०७९

पर्यटन क्षेत्र प्रवद्र्धन गरिने छ :  मन्त्री श्रेष्ठ


काठमाण्डौँ :      नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताउनुभएको हो  ।

 

मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र  संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।” 

 

उहाँले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा  मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको  स्वागत गरेका थिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्